बीपी प्रतिष्ठान गेट बाहिर सेनाको शव भेटिएपछि….(तस्विरहरू सहित)

सुनसरी । सुनसरीको धरान–१८ स्थित बीपी प्रतिष्ठान पश्चिम गेट बाहिर नेपाली सेनामा कार्यरत एक युवाको शव फेला परेको छ । धरान–१७ घर भएका २४ बर्षीया कुमार परियारको शव बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताएका छन । शव भएको स्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भईरहेको जनाईएको छ । सोमबार जागिरमा जाने भनेर उनी घरबाट हिँडेको प्रहरलिे जनाएको छ ।

घट्नास्थल बीपी प्रतिष्ठानको आवास क्षेत्र पश्चिम र डिपोट स्कुल दक्षिणमा पर्छ । यहाँ ठूलो झाडी रहेको छ र खोल्सो पनि छ । उनको शव पनि त्यही खोल्सामा भेटिएको हो । उनी धनकुटास्थित नेपाली सेनामा कार्यरत रहेको बताइएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…