बीउ संरक्षण अभियानमा किसान

कुनैबेला बीउ खोज्न जिल्ला बाहिर जाने यहाँका किसान पछिल्लो समय रैथाने बीउ संरक्षण अभियानमा जुटेका छन् । यहाँका किसानले आलु, जोरायली बासमती धान, हन्सराज धानलगायत रैथाने बीउको संरक्षण गर्ने अभियान थालेका छन् ।

जैविक विविधता संरक्षण तथा कृषि सहकारी संस्थाको सहयोगमा जोरायल गाउँपालिका–२ गैराका किसान बीउ संरक्षण अभियानमा सक्रिय भएका छन् । स्थानीय तथा उन्नत् जातका आलु र धानको बीउ संरक्षणका लागि किसानले ‘रस्टिक स्टोर’ समेत स्थापना गरेका छन् । बीए कुहिएर नोक्सान नहोस तथा बीउका लागि अन्य जिल्ला जाने अवस्थाबाट मुक्ति पाउन सो अभियान थालिएको विविधता संरक्षण तथा कृषि सहकारी संस्था घण्टेश्वर–२ गैराका अध्यक्ष भोजबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “अब बीउका लागि अन्यत्र धाउनुपर्ने छैन ।”

तत्कालिन जिल्ला कृषि विकास कार्यालय डोटी र लीबर्ड संस्थाको आर्थिक सहयोगमा रु १० लाख ७५ हजारको लागतमा रस्टिक स्टोरको निर्माण गरिएको जैविक विविधता संरक्षण तथा कृषि सहकारी संस्थाका महिला सदस्य सञ्जा बोहराले बताउनुभयो । “पहिले बीउ खोज्न भौँतारिनु पथ्र्यो, भारतीय बीउ प्रयोग गर्न बाध्य थियौँ ।” अहिले किसानले खाजेकै समयमा बीउ पाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…