बिराटनगरमा लागूऔषध सहित १ पक्राउ

मोरङ / मोरङको बिराटनगर महानगरपालिका-१२ मा ठुलो परिणामको लागू औषध सहित १ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपलिका-१५ का ४५ बर्षीय दिप बस्नेतलाई ३८४ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र २ बोतल डाईलक्स डिसी सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो ।

को ३ प ८७४१ नम्बरको मोटरसाईकलमा सवार बस्नेतलाई रोकी चेकजाँच गर्ने क्रममा बस्नेत मोटरसाईकलको हेल्मेट भित्र लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध बरामद गरिएको हो । लागूऔषध सहित पक्राउ परेका बस्नेतलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…