बाल विवाह गर्ने भारतीय युवक भाण्टावारीबाट पक्राउ

भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारीबाट बालविवाह गरेको अभियोगमा एक भारतीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको तिरहुत गाउँपालीकाकी १४ वर्षीया बालिकासँग बिहे गरेका भारत विहार, सुपौल जिल्लाका २५ वर्षीय रामकुमार मुखिया पक्राउ परेका हुन । उनलाई सिमा प्रहरी चौकी भाण्टाबारी प्रहरीले नियन्त्रणमा लिएको हो । रामकुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाएको सिमा प्रहरी चौकी भाण्टाबारी प्रहरीले जनाएको छ ।

देवु मुखियाका छोरा रामकुमार मुखियाले गत जेठ ६ गते सप्तरीको तिरहुत ४ की १४ वर्षीया बालिकासँग आमाबाबुको मञ्जुरी बिना बिवाह गरेर भारतको विहारस्थित घरमा पुर्याएका थिए । बालिका ससुरालीबाट भागेर भाण्टाबारी आईपुग्दा उनलाई फेरि ललाइफकाइ घरतिर लैजाने प्रयास गर्दैगर्दा बालिका रामकुमारसँग जान नमानेको अवस्थामा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो ।

सोधखोज गर्दा बालविवाह गरेको खुलेकाले बालविवाह गर्ने मुखियासहित बालिकालाई नियन्त्रणमा लिएको हो । अनुसन्धान गरेर उनीहरुका अभिभावकलाई समेत खोजी अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । नियन्त्रणमा लिएकी बालिकालाई इनरुवामा रहेको सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…