बालिका बलात्कार गर्नेलाई सार्वजनिक

बाजुरा / एक बालिकालाई बलात्कार गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

सड्चालिस वर्षका थापाले अपराध स्वीकार गरेकाले बुधबार पत्रकार सम्मेलनमार्फत अभियुक्त थापालाई सार्वजनिक गरिएकोे प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । थापाले आफ्नै नाता पर्ने बालिकालाई भैँसी गोठमा लगी मुख छोपेर बलात्कार गरेका थिए । थापाले रिठा बजार बाह्रबीसेमा थापा होटल सञ्चालन गर्दै आएका थिए ।

अभियुक्त थापाबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) को (ख) बमोजिम मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।
रासस

तपाईको प्रतिक्रिया