बाढीले बगाएर बालकको मृत्यु

उदयपुर / उदयपुरको रौतामाई नगरपालिका-७ का १४ बर्षीय बालकको बाढीले बगाएर मृत्यु भएको छ । सोमवार राती १० बजेको समयमा छाउरे खोलामा अचानक बाढी आएर घरमा सुतिरहेका आमा सुनिता तामाङ र छोरा आर्यन तामाङलाई बगाएकोमा प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा आमालाई जिवितै उद्धार गरिएको थियो भने छोरा आर्यनलाई बाढीले बगाएर बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा आज बिहान सवा ८ बजे त्रियुगा खोलाको किरानामा मृत अबस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…