बाढीबाट जोगिन खाडो नदिमा ४ करोडकाे तटबन्ध


राजविराज / जिल्लाको रुपनी गाउँपालिकामा ४ करोडकाे लागतमा ७ सय ७० मिटर लामो तटबन्ध निर्माण गरिएको छ । बर्षाका बेला खाडो नदिमा आउने बाढीले पुर्याउने जनधनको क्षति कम गर्न तटबन्ध निर्माण गरिएको हाे । बाढीबाट प्रत्येक बर्ष हुदै आएको जनधनको क्षति कम गर्न बाँध निर्माण तथा स्तरीयकरणका लागी राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले अनुदान वापत आवश्यक रकम उपलब्ध गराएपछि ७ सय ७० मिटर लामो बाँध निर्माण र स्तरियकरण कार्य सम्पन्न भएको हो ।

गत जेठ ५ देखि दिनरात घामपानी नभनी जोखिम मोलेर भएपनि निर्माण कार्यलाई तिब्रता प्रदान गरेकाले छोटो अवधिमै बाँध÷तटबन्ध निर्माण तथा स्तरिकरण कार्य सम्पन्न भएको आईतबार गाउँपालिका कार्यालयद्वारा निर्माण स्थलमै आयोजना गरिएको ‘सार्वजनिकीकरण कार्यक्रम’ मा गाउँपालिकाका प्रमुख हरेराम यादवले जानकारी दिए ।

उनले बाढीबाट जोगिन तथा घर जग्गा संरक्षित गर्ने उदेश्यले ५ वटा प्याकेज र उपभोक्ता समिति मार्फत काम गराउँदा समयमै निर्माण कार्य सकिएको र यसमा कुल ४ करोड १५ लाख ३१ हजार ९ सय ५९ रुपैया खर्च भएको बताए ।

यस्तै उनले प्रदेश २ सरकारको सामाजिक मन्त्रालयबाट प्राप्त १ करोड रुपैयाबाट ?प् ठाको देवि जोगेन्द्र भगत पूर्व क्षेत्रिय प्रहरी अस्पतालमा थप भवन निर्माण, बथ्रिङ्ग सेन्टर र समुदायीक भवन लगायतका काम समेत सम्पन्न गरिएको जानकारी दिए । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अनुदानबाट गाउँपालिकाको जोखिममा रहेका बस्तीको नदी किनारमा बाँध तटबन्ध तथा स्तरिकरण कार्य सम्पन्न भएपछि आईतबारै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मनोज कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव तथा संचारकर्मी सम्मिलित टोलीले स्थलगत अवलोकन समेत गरेको छ ।

चुरे क्षेत्र हुँदै सप्तरीको रुपनी गाउँपालिका, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका भएर खाडो नदी भारततर्फ बग्छ । खाडो नदीको समस्या समाधान गर्ने विषयमा दुवै देशका अधिकारी बिच साझा धारणा बन्न नसक्दा यसको स्थायी सामाधान भने हाल सम्म निस्किन सकेको छैन ।

तपाईको प्रतिक्रिया

Loading…