बाढीपीडितलाई खाद्यान्न वितरण

                                                                             फाइल तस्बिर

ललितपुर / एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङका १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, तेल, लुगा धुने र नुहाउने साबुन, सरफ, चिउरा, भुजिया र दालमोठ वितरण गरेको छ । प्रभावित परिवार हाल छिमेकीको घरमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…