बस दुर्घटनामा १६ घाइते

पर्वत / मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ भने अन्य घाइतेको स्थानीय जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बसचालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

<h2><span style=”color: #ff0000;”>Purbeli TV</span></h2>

<iframe width=”854″ height=”480″ src=”https://www.youtube.com/embed/qRPHDVnzSUY” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

<iframe width=”854″ height=”480″ src=”https://www.youtube.com/embed/O5TRQJa5akc” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

तपाईको प्रतिक्रिया

Loading…