बर्षादले तेह्रथुमका सडक अस्तब्यस्त, हिडडुल गर्नै सकस

तेह्रथुम / केहीदिन यता परेको बर्षाका कारण तेह्रथुमका सडकहरु अस्तब्यस्त भएका छन । बर्षादका कारण सडकहरु अस्तब्यस्त हुँदा यहाँका स्थानीयहरुलाई समेत हिडडुल गर्नै सकस बनेको छ । जिल्लाका मुख्य सडकहरुको साथै ग्रामिण क्षेत्रमा रहेका सडकहरु बर्षादका कारण क्षती हुँदा सवारी साधान सञ्चालनमा समस्या भएको छ । सडकको बिभीन्न खण्डहरुमा पहिरो झर्नको साथै पानी जमेका कारण सवारी साधनको साथै स्थानीयबासीहरुलाई समेत आवात जावतमा समस्या भएको छथर गाउँपालिका सुदापका महेन्द्र मादेनले बताए ।

बर्षादका कारण सडकहरु सँगे गोरेटो बाटोहरुमा क्षती हुँदा बिद्यालयमा अध्यायन गर्ने बिद्यार्थीहरुलाई समेत समस्या बनेको छथर २ का आईतरानी लिम्बुले बताईन । “बर्षादले बाटो हिलाम्यै छ ठाउँ ठाँउमा पहिरो झरेको छ नानीहरुलाई बिद्यालय पठाउनै चिन्ता छ लिम्बुले भनिन् ।” जिल्ला सदरमुकाम जोड्ने एकै मात्र सडक बसन्तपुर म्याङलुङ बर्षादकै कारण क्षतबिक्षत बनेको छ । मुख्य सडककै बेहाल भएको जिल्लाको ग्रामिण क्षेत्रमा रहेको सडकहरुको हालत उस्तै बनेको छ । नेपाली हिन्दू महिलाहरुको महान पर्ब तिजमा माईती आउने र फर्किने छोरीचेलीहरुलाई बर्षादका कारण बिचल्ली बनाएको छ । बर्षदिनको पर्ब मनाउन झापाबाट तेह्रथुम आई पुगेकी सपना कार्कीको सडकको अबश्था देख्दा मनै बिरक्तीको बताईन । हिन्दु महिलाहरको महान पर्ब तिज मनाउन हिडेका उनी जस्तै धेरै छोरीचेलीहरुको अबश्था उस्तै बनेको छ ।

बर्षादका कारण यहाँका स्थानीयबासीहरुलाई दैनिक उपभोग्य सामाग्री ढुवानीमा समेत समस्या भएको छ । बर्षादका कारण खोलमा बाहब बढे सँगै केही महिना देखी यातायातका सवारी साधान चल्न नसक्दा जिल्लाको फेदाप गाउँपालिकाका स्थानीयबासी आफैले ढुवानी गर्दै आएको औशी बजारका चित्र भुजेलले बताए । बर्षादका कारण ग्रामीण क्षेत्रमा किसानहरुले उत्पादन गरेको कृषीजन्य सामाग्री ढुवानी नहुँदा चिन्तीत बन्न थालेका छन । अन्नबाली भित्र्याउन समेत समस्या भएको स्थानीयबासीहरुले बताएका छन । बर्षादका कारण बर्षेनी यहाँका स्थानीयहरु सकस भोग्दै आएका छन । जिल्लाको खोरङवा खोला र कोया खोलामा मोटरेवल पुल निमार्ण नहुँदा बर्षेनी जिल्लाको फेदाप र आठराई गाउँपालिकाका स्थानीयहरुलाई दैनिक उपभोग्या सामाग्री ढुवानीको साथै यात्रा गर्न समेत समस्या हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया