बर्षाका कारण हिडडुल गर्नै समस्या, गुड्न छाडे ग्रामिण सडकमा बस

तेह्रथुम / केहीदिन यता परेको अविरल बर्षका कारण नागरिकहरुलाई हिडडुल गर्नै समस्या भएको छ । बर्षाका कारण सडक गोरेटो बाटो हिलाम्यै भएका छन । अविरल भई रहेको बर्षाका कारण सामान्य यात्रा गर्न समेत असहजत बनेको छ । जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्र जोडिने सडकहरु पानी पोखरी झै देखिन थालेका छन । तेह्रथुमको सदरमुकाम र ग्रामिण क्षेत्र सँग जोडिने सडकहरु कालोपत्रे छैनन् । जिल्लाकै मुख्य सडक बसन्तपुर म्याङलुङ अहिले खोला झै भएको छ ।

जोखिम मोल्दै सवारी साधानहरु सञ्चालन हुने गरेका छन । केही दिन अघि मात्र लालीगुराँस नगरपालिकाको लसुने बजार नजिकै ट्याक्सी सडक हिलाम्यै भएकै कारण करिब २० मिटर तल झरेर दुर्घटना भएको थियो । मोृटरसाईकल पुरै डुब्छन् । यात्रा गर्न गाह्रो भएको स्थानीय राजकुमार लिम्बुले बताए ।

बर्षाका कारण ग्रामिण क्षेत्रका सडकहरुमा पहिरो झर्न थालेका छन साना तथा ठुला सवारी साधान सञ्चालनमा आउन सकेका छैनन् । सवारी साधान सञ्चालनमा आउन नसक्दा लामो तथा छोटोदुरी यात्रा गर्न नागरिकहरुलाई समस्या बनेको छ । किसानहरुले उत्पादन गरेको कृषीजन्य सामाग्री बजार पुर्याउन समेत समस्या हुन थालेको छ । तरकारी तथा फलफुल बिक्रीका लागी बजार पुर्याउन समस्या हुँदा लाखौ रुपैयाँ गुमाएको किसानहरु बताउँछन ।

तपाईको प्रतिक्रिया

Loading…