बझाङमा ९ वर्षीय बालकको हत्या, मकै बारीमा भेटियो शब

बझाङ । बझाङमा एक बालकको विभत्स हत्या गरिएको भएछ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका छोरा ९ वर्षीय कुशलको विभत्स हत्या गरिएको भइएको हो ।

हत्या गरिएर फालेको अवस्थामा बिहिबार सांझ मकै बारीमा शब फेला परेकोे मृतकका काका किशोर बोहराले जानकारी दिनुभयो । उहांले घटनाबारे थप जानकारी दिदैं भन्नुभयो, ‘ भतिज (कुशल) बुधबार स्कूलबाट फर्किएर घर नजिकै तीज कार्यक्रम हेर्न गएको थियो, उनी आफ्ना बुबासँग एन्रोइड मोबाइल मागेर कार्यक्रम हेर्न गएको थिए ।

स्थानियका अनुसार दिउसो कार्यक्रममा सोही वडा थारखोज निवासी धोज बोहराका छोरा पारसले कुशलसँग मोबाइल खोसेका थिए । त्यहि मोबाइलका कारण भतिज कुशलको हत्या गरेको हुन सक्ने हामीलाई आशंका छ ।’ मृतक बालकका काका किशोर बोहराले जानकारी दिनुभएको छ । कुशलको लाश स्थानीय मजखोरी मा.वि नजिकै मकै बारीमा फालिएको अवस्थामा फेला परेको मृतक बालकका काका किशोरले जानकारी दिए ।

साँझ पाँच बजेसम्म पनि कार्यक्रमबाट घर नफर्केपछि सबै स्थानीय मिलेर उनको खोजी कार्य व्यापक गरियो । तर, त्यो दिन फेला नपरेपछि आज दिउँसो उनको लाश मकै बारीमा विभत्स अवस्थामा भेटियो । मृतक भतिज (कुशल) को शरीरमा ठूलाठूला ढुंगा राखेर छोपिएको र टाउँमा चोट लागेको थियो । कुशलका आफन्तले स्थानीय धोज बोहराका छोरा पारसले हत्या गरेको आशंका गरेका छन् । अहिले घटनाको विस्तृत अनुसन्धानका लागि जिल्लाबाट नै प्रहरीको टोली घटनास्थल हिडेको छ । हत्या गरिएका कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कूलमा यूकेजीमा अध्ययनरत थिए । न्यूज२४नेपालबाट

Purbeli TV

तपाईको प्रतिक्रिया