बजेट कार्यान्वयन प्राथमिकतामा : मन्त्री केसी

रुकुम पश्चिम : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बजेट कार्यान्वयन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ ।सदरमुकाम मुसिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले प्रदेश सरकारको ध्यान बजेट कार्यान्वयनमा रहेको बताउनुभयो । विनियोजित बजेट कार्यान्वयन सरकारको प्रमुख चुनौती भएकाले कार्यान्वयनलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री केसीले आगामी योजना निर्माण गर्दा रु एक करोडभन्दा कमका योजना नबनाउने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो । “सानासाना योजनामा बजेट हाल्दा प्रगति नदेखिने भएकाले रु एक करोडभन्दा माथिका योजना मात्र बनाउने तयारी छ,” उहाँले भन्नुभयो । प्रदेशमा योजना आयोग बनिसकेकाले योजना बनाउन सजिलो हुने उहाँको भनाइ थियो ।प्रदेश सरकारले रुकुम पश्चिमका लागि रु एक अर्बभन्दा बढी बजेट विनियोजन गरेकाले उक्त बजेट कार्यान्वयनमा सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया