फ्यूज राख्ने क्रममा करेन्ट लाग्दा एककाे मृत्यु

काभे्रपलाञ्चोक / नमोबुद्ध नगरपालिका–८ गैराथोकमा विद्युत्को फ्यूज राख्न ट्रान्सफर्मरको खम्बामा चढ्दा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ फ्यूज राख्ने क्रममा करेन्ट लागेर सोही स्थानका ६० वर्षीय रामशरण अधिकारीको मृत्यु भएको हो । स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै प्रहरीले यसअघि ट्रान्सफर्मरमा फ्यूज गएका बखत अधिकारीले राख्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…