फेसबुक चोकमा आगलागी १५ लाख बढीको क्षति

मोरङ / मोरङको कानेपोखरी गाउँपालिका-६ फेसबुक चोक बस्ने बीर बहादुर भट्टराईको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ । भट्टराईको घरमा अपरान्ह पौने ६ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेको लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्नपात लगायत सम्पूर्ण सर-सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल पथरीबाट खटिएको प्रहरी टोली र
स्थानीयवासीको सहयोगमा आगो साँझ सवा ६ बजे नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…