फलामको हेम्बर प्रहारबाट बृद्ध घाईते

झापा / झापाको मेचीनगर नगरपालिका-९ कृर्षी फारम बस्तिका ६३ बर्षिय तेज बहादुर लिम्बुले फलामको हेम्बर प्रहारबाट एक बृद्ध लाई घाईते बनाएका छन् ।

शुक्रबार राती साढे ८ बजेको समयमा सोही स्थानका ६५ बर्षिय प्रेम लोकान्द्री लाई बादबिबादका क्रममा फलामको हेम्बरले टाउकोमा
प्रहार गरी घाईते बनाएका हुन । हम्बर प्रहारबाट गम्भिर घाईते भएका उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ भने हेम्बर प्रहार गर्ने तेज बहादुर लिम्बु लाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…