प्रेमीको ‘बर्थ डे’ मनाउन गएकी जेनीले गरिन प्रेमिकै घरमा आत्महत्या

बालाजु / प्रेमीको जन्म दिन मनाउन गएकी एक युवतीले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् । प्रेमी भीमबहादुर तामाङको जन्मदिन मनाउन बालाजुस्थित उनकै घरमा गएकी त्रिपुरेश्वरकी जेनी तामाङले शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् । बर्थ डे मनाउन पुगेकी जेनीले प्रेमी भीमका साथमा अर्कै प्रेमिका देखेपछि झगडा सुरु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएकाछन् ।

असार ३० गते साँझ जेनी प्रेमी भीमको जन्म दिन मनाउन उनको घरमा पुगेकी थिइन् । जन्म दिनको कार्यक्रममा भीमलाई अर्की प्रेमिका प्रमिन नगरकोटी सँग देखेपछि जेनी आवेशमा आएकी थिइन् । उनले प्रमिनलाई सम्झाउन समेत खोजेको तर आवेगमा आएर प्रमिनकै सल लिएर शौचालयमा गएर आत्महत्या गरेको प्रवक्ता बोगटीले बताए । प्रहरीले भीम र प्रमिन दुवैलाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको र अनुसन्धान पछि नै हत्या र आत्महत्याबारे थाहा हुने डीएसपी बोगटीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…