प्रहरी जवान लागुऔषध ल्याउँदै गर्दा पक्राउ

विराटनगर / भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा प्रहरी जवान धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय सरोज गिरीलाई पक्राउ गरिएको छ । पैदल हिँडिरहेका बेला शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा एक सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध फेला परेको थियो ।

साथमा लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलार्य पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत थिए । गिरीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान थालिएको जानकारी डीएसपी थापाले दिए ।

तपाईको प्रतिक्रिया

Loading…