प्रदेश ५ मा बकर इदकाे सार्वजनिक विदा

बुटवल / प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदकाे सोमबार सार्वजनिक विदा दिने भएको छ । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ । बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

Loading…