पोखरीमा डुबेर महिलाको मृत्यु

धनकुटा / धनकुटाको चौबिसे-२ स्थितमा बस्ने ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको छ ।

आज बिहान ९ बजे चौबिसे-२ स्थितमानै रहको सिचाईको लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा डुबेर सरस्वतीको मृत्यु भएको भनि स्थानीयले प्रहरी चौकी मुढेबासमा जानकारी गराएका हुन । हिडिरहेको अवस्थामा एक्कासी चिप्लिएर पोखरी पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…