पुर्व प्रधानपन्च असित राईले कुटे बेलबारी नगरपालिकाका कर्मचारी

बेलबारी । तत्कालीन बेलबारी गाबिसका पुर्वप्रधानपञ्च तथा नेकपा कार्यकर्ता असित राई कर्मचारीलाई कुटेको आरोपमा पक्राउ परेका छन । ईलाका प्रहरी कार्यलय बेलबारीका अनुसार बेलबारी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

बेलबारी ४ बुधबारेस्थित वडा कार्यालयमा आफ्ना साला गोबर्धन राइको लागि बसाइँ सराइको कागजात बनाइदिन पुगेका राइले मंगलबार कार्कीलाई कुटपिट गरेका हुन । गोबर्धनको बसाइँ सराइको कागजात लिन खोज्दा गोबर्धनकी जेठी श्रीमति गोमा राई आएर आफुले पाउनुपर्ने पेन्सन छल्नको लागि बनाउन खोजिएको बसाइँ सराइको कागज च्यातिदिएपछि भएको बिवादमा कार्यालय सहयोगी कार्की पिटिएका थिए ।

राईले बिवादका क्रममा त्यहीँ रहेकी गोबर्धनकी श्रीमती गोमालाइ समेत कुटपिट गरेका छन । गोमाले नाताले श्रीमानको भिनाजु पर्ने असितले छातिमा लात्तीले हानेको बताइन् । राई विरुद्ध गोबर्धनकी जेठी श्रीमती गोमा र बेलबारी ४ वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीले छुट्टाछुट्टै उजुरी दिएको र त्यसबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया