पुराणमा गएको अवस्थामा घरको छतको ढोका फोडेर झापामा ३ लाख मूल्य बराबरको धनमाल चोरी

झापा / झापाको शिवसताक्षी नगरपालिका-९ शिवचोक स्थित केशब प्रसाद ढुंगानाको घरमा बुधबार राती चोरी भएको छ । ढुंगाना लगायत घरका सबै सदस्य सत्ताक्षीधाम पुराणमा गएको अवस्थामा घरको छतको ढोका फोडेर भित्र रहेको सुनको गहना ४ तोला ६ आना, झर्के थाल-६ थान, नगद २९ हजार, १ हजार मूल्य बराबरको रिचार्ज कार्डसहित अन्दाजी ३ लाख बराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्नहरुको खोजीकार्य भईरहेको लाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया