पाल्पाकाे रिब्दीकोट गाउँपालिका कार्यालयमा बम विस्फाेट

पाल्पा । पाल्पाकाे रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बम विस्फाेट भएकाे छ । गए राति करिब साढे १ बजेतिर बम विस्फाेट भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । प्रहरीका अनुसार कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा बम विष्फोट भएकाे हाे । साे विस्फाेटका कारण प्रतीक्षालयमा क्षति पुगेकाे छ भने गाउँपालिका कार्यालयकाे भवनका शिसा फुटेका छन् ।

राति अज्ञान समूहले बम विस्फोटन गराइएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । तर कस्ले र किन गराएको हो भन्नेबारे खुल्न नसकेकाे र घटनाबारे अनुसन्धान भइरहेको जनाइएकाे छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…