पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु

बिराटनगर / सुनसरी र मोरङमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका-३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हाे । बिहान साँढे १० बजे बालक पानीमा डुबेर मृत फेला परेका थिए भने घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

यसैगरी मोरङको बेलवारी नगरपालिका-२ का २२ बर्षीय मित्र याक्खा लोहन्द्रा खोलामा पौडी खेल्न गएकोमा पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे ३ बजे पानीमा डुबेर अचेत अबस्थामा फेला परेका याक्खालाई तत्काल उद्धार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा उपचारको क्रममा सवा ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…