पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

तेह्रथुम / कहिले खडेरी त कहिले अबिरल बर्षाले बालीनालि नष्ट पर्दा किसानहरु समस्याले ग्रसित बन्दै आएका छन । खडेरी र बर्षाको चपेटमा पर्दै आएका किसानहरुले लगाएको बाली जंगली जनवारले नष्ट पार्न थाले सँगै चिन्तीत बनेका छन ।

जिल्लाको बिशेषगरी जंगल क्षेत्र सँग जोडिएका बस्तीहरुमा जंगली जनावरहरुले किसानलाई बर्षेनी सताउँदै आउने गरेको छ । जिल्लाको हमरजुङ,आङदिम,पञ्चकन्या,फाक्चामारा लगायत बिभीन्न गाउँहरुमा मानवबस्ती पातलिन्दै गएपछी खासगरी बाँदरले बस्तीहरुमा सताउन थालेको हो । बर्षदिनको कमाई थन्क्याउनै नपाई बाँदरले नष्ट पार्न थालेपनी किसानहरु बाँदर लखेट्न दिनचर्या नै बनेको जिल्लाको हमरजुङका भिमबहादुर थापाले बताए ।

हुलका हुल बाँदरका बथान बालीनाली नष्ट गर्न बस्ती छिर्न थालेपछी किसानहरु चिन्तीत बन्दै आएका हुन । किसानले लगाएको मकै,कोदो,दाल,अलैची लगायत सबै बाली यतीबेला बाँदरले नष्ट पार्न थालेको छ । बाँदरकै कारण जिल्लाका दर्जनौ घर शुरक्षित स्थानको खोजी गर्दै बसाई सर्न बाध्य बन्न थालेका छन । मेहेनतको कमाई थन्क्याउनै नपाई बाँदरले सखाप पारेपछी बसाई सर्नुको कुुनै बिकल्प नरहेको छथर २ का भक्त बहादुर कार्कीले बताए । साना नानी र महिलाहरुलाई बाँदरले पत्याउँदैनन् अब बसाई सर्ने तयारीमा रहेको कार्कीले बताए । बाँदरले किसानहरुले लगाएको अन्नबाली तथा तरकारी फलफुलमा समेत हैरानी दिँदै आएको छ ।

घरको करेसा तथा थाङग्रामा लगाएको अन्न घरमै आएर खान थालेपछी किसानहरु त्रसित बन्दै आएका छन । किसानहरुको समस्यालाई समाधानका निम्ती स्थानीय सरकारले अहिले सम्म कुने कार्यक्रम ल्याउन नसकेको स्थानीयहरुको गुनासो छ । बस्ती बस्ती बाँदरका हुल प्रबेश भई रहँदा स्थानीय सरकारले किसानका समस्यालाई समाधानको बाटो रोज्नु आबश्यक रहेको नागरिक समाजका अगुवाहरु बताउने गरेका छन । बाँदर नियन्त्रणका लागी प्रभाबकारी कार्यक्रम ल्याउन नसके अझै किसानहरु पिडीत बन्दै जाने स्थानीय राजकुमारी लिम्बुले बताईन । पछिल्लो समय शुरक्षित बासको खोजी गर्दै बसाई सर्नेको संख्या बढ्दो छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

तपाईको प्रतिक्रिया

Loading…