पाँचथरमा मजदुरलाई घर जान प्रक्रिया वढाइयो

पाँचथर / सरकारले गरेको लकडाउनका कारण पाँचथर जिल्लाका विभिन्न आयोजनाहरुमा कार्यरत अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पुर्याउनका लागि तयारी अघि वढाएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका बिभिन्न ठाउँमा निर्माण कार्यमा रहेका कामदारलाई सम्बन्धित ठाउँमा पुर्याउनका लागि मार्ग खुल्ला गरेको हो ।
कामदार लैजानका लागि आवश्यक कागजात बनाउन अनुरोध गरे संगै उनीहरुको उद्धारका लागि प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाईले बताउनुभयो ।

जिल्ला प्रशासन कर्यालय पाँचथरले सवारी प्रयोग गर्न आवस्यक कागजात बनाउँदा चाहीने कागजात सहित उपस्थित हुन आब्हान गरिएको उहाँले बताउनुभयो । निबेदन, काम गर्न बन्द भएको पत्र, कामदारको नाम ठेगाना सहितको बिवरण, कामदार लैजाने सवारी साधनको चालकको अनुमती पत्र, गाडीको ब्लुबुक, बिचमा सवारी रोक्न नहुने र अन्य यात्रु लैजान नहुनेबारेको प्रतिबद्धता पत्र सहित प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको हो ।

तपाईको प्रतिक्रिया

Loading…