पाँचथरमा खोलाले बगाएर एक विद्यार्थी बेपत्ता


पाँचथर / खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ स्थित नुँवा खोलाले वगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा स्थानिय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत ८ वर्षिय बालक जिवन राई रहेका छन् ।

उनको खोजी कार्यका लागि अहिले प्रहरी चौकी रवि र स्थानियले खोजी कार्य तिव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो । निरन्तरको वर्षातको कारण नुँवा खोलामा आएको वाढीले बगाएर उनी बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

Loading…