पाँचथरका आठ स्थानीय तहमा ७ करोड ३१ लाख ९९ हजार बेरुजु

पाँचथर / पाँचथर जिल्लाका स्थानीय तहमा ७ करोड रुपैया भन्दा वढि रकम बेरुजू देखिएको छ । जिल्लाका आठ स्थानीय तहमा ७ करोड ३१ लाख ९९ हजार बेरुजू रहेका छन् ।

महालेखापरिक्षक कार्यालयको छपन्नौ बार्षिक प्रतिवेदन अनुसार आ ब ०७४÷७५ मा पाँचथरका स्थानीय तहहरुले यति ठूलो रकम फर्यौैट गर्न नसकेको हो । यो पाँचथर जिल्लाका स्थानीय तहहरुमा विनियोजित कुल रकमको ३.९३ हो ।

पाँचथरका आठ स्थानीय तह मध्ये सबै भन्दा धेरै बैरुजू कुम्मायक गाउँपालिकाको रहेको छ । कुम्मायक गाउँपालिकाको २ करोड १८ लाख ३१ हजार बेरुजू रहेको छ । यति धेरै रकम बेरुजू हुनुमा प्राविधिक कारण रहेको कुम्मायक गाउँपालिकाका प्रशासकिय अधिकृत कमलप्रसाद भट्राईले बताउनुभयो ।

उहाँले बेरुजू देखिएको रकम मध्ये १ करोड ३० लाख फर्यौट भएको तर प्राविधिक कारण लेखापरिक्षण प्रतिवेदनमा समिट गर्न नसकिएको जानकारी दिनुभयो ।

कुम्मायकपछि मिक्लाजोङ गाउँपालिकाको धेरै रकम बेरुजू रहेको छ । मिक्लाजोङको १ करोड ३९ लाख १८ हजार बेरुजू रहेको छ । त्यस्तै फिदिम नगरपालिकाको ८४ लाख २७ हजार, फालेलुङ गाउँपालिकाको ३८ लाख ९४ हजार, फाल्गुनन्द गाउँपालिकाको ४३ लाख ३१ हजार, तुम्वेवा गाउँपालिकाको ९४ लाख ६३ हजार र याङवरक गाउँपालिकाको ५७ लाख २४ हजार बेरुजू रहेको छ ।

सबै भन्दा कम बेरुजू फालेल्ुङ गाउँपालिकाको ३८ लाख ९४ हजार रहेको छ । जिल्लाका स्थानीय तहहरुमा आर्थिक अनुशासन कमजोर भएपनि आफुले नियन्त्र नियमनमा कुनै कदम उठाउँन नसक्ने जिसस पाँचथरका स्थानीय विकास अधिकारी तथा फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…