पहिरोले पुर्दा भोजपुरमा एक बालकको मृत्यु

भोजपुर / निरन्तर वर्षासँगै आएको पहिलोले पुरेर भोजपुरमा एक बालकको ज्यान गएको छ । भोजपुरको पश्चिमी टेम्केमयूँङ गाउँपालिका वडा नं. ९ लेखर्कमा पहिरोले पुरिदा १२ वर्षका जनक बिकको मृत्यु भएको हाे ।

बिहान करिब १० बजे शौचालय बसिरहेका बेला पहिलोले पुरेर बालकको मृत्यु भएको बताइएको छ । माथिबाट आएकाे पहिराेले शौचालय सँगै बालक पनि पुरेकाे गाउँपालिका अध्यक्ष ध्रुव राईले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…