पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

पथरी / पथरीशनिश्चरेमा शृखलाबद्ध घटना टटेको प्रति मुख्य मन्त्री शेरधन राईले जनताले सुरक्षालाई सुचना दिने र पाएको सुचनालाई तत्परर्ताका साथ परिचालन गर्दै संगठीत रुपमा आवस्यक कदम चाल्नु पर्ने बताएका छन । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रका शृखलाबद्ध रहस्यमय मुत्यू हुन थाले पछि स्थानिय बासिन्दा र ब्यापारीमा त्रास बढ्न थाले पछि पथरी उद्योग बाणिज्य संघले घटनाको सत्य तथ्य बाहिर ल्याई सुरक्षाको माग गर्दै मुख्य मन्त्री राईलाई ज्ञापन पत्र बुझाएका थिए ।

पथरी उद्योग बाणिज्य संघको ज्ञापन पत्र संम्बन्धमा बोल्दै मुख्य मन्त्री राईले प्रदेश सरकारले गाडी, मेनपावर र हाईवोमा सि सि क्यामरा सहिलको सुरक्षा ब्यावस्था हुने बताएका छन । उहाले सोहि समयमा प्रदेश सरकार संग सहकार्य गरि स्थानिय निकाय र ब्यापार संघले बजारको भित्री क्षेत्रमा समेत जोडे त्यसले ठुलो मदत पुग्ने राईले बताउनु भयो । २ महिना यता पथरीशनिश्चरे आसपासका जंगलमा २ महिलाको श्रृखलावद्ध रहस्मय मृत्यू भै सकेको छ भने पथरीबजार भित्रै षडराज तामाङ र रिना बस्ने २ जनाको ज्यान गै सकेको छ ।

फागुन १६ गते २६ वर्षका षडराज तामाङको रातको ११ वजे रगताम्य भएको अवस्थामा प्रहरीले गोर्खा गल्लीमा फेला पारेको थियो । त्यस्तै बैशाख ७ गते पथरी बजारमा डेरा बस्दै आएकी २९ बर्षीय रिना बस्नेतको रहस्यमय मृत्यू भै सकेको छ । यि घटना भन्दा अगाडी सीरीजङ्गा धार्मिीक वनमा रणबहादुर लिम्बुको पथरी बजारमा रमा बरालको हत्या लगायतका घटनाको घटे पथरीबजारमा रहेको ईलाका प्रहरी कार्यलय, प्रहरी बेस क्याम, सस्त्र प्रहरीको कार्यलय भन्दा ५ सय मिटर भित्र यस्ता घटना घटेको तर प्रहरी यस्ता प्रबिधीका घटनाका दोशिलाई कानुनको दायरामा ल्याउन असफल रहेको देखिएको छ ।

पथरीशनिश्चरेमा यस्ता खालका घटना क्रमबद्ध घटन थाले पछि स्थानिय र ब्यावसायीमा प्रहरी प्रतिको विश्वस्नीयता हराउदै गएको देखिन्छ । पथरशिनिश्चरेका बासीन्दा र ब्यापारीको एउटै माग छ “यि सबै घटनाको सत्य तथ्य चाडो भन्दा चाडो बाहिर ल्याई सान्त्ती शुरक्षा कायम होस भन्दै डिएस पि कार्यलयको माग गरेका छन” । सोहि अनुरुप पथरी उद्योग बाणिज्य संघ मोरङको पहलमा पथरीशनिश्चरेमा घटेका घटनाको जानकार गराउदै उच्च सुरक्षाको माग गर्दै प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राई र डि आई जि केदार रिजाललाई भेटि ज्ञापन पत्र बुझाएका हुन ।

स्थानिय सिक्का वार एण्ड लजमा साथीहरु सग रमाईलो गरि घर फर्किने क्रममा वार छेउको वाटोमा रगताम्य भएको अवस्थामा तामाङ मृत फेला परेका थिए । प्रहरीले तामाङको मादक पदार्थ सेवन गरि ३ तला माथी वाट लडेर मृत्यु भएको भन्दै आएको छ भने तामाङको परिवार भने हत्या भएको दावि गर्दै आएको छ । तामाङ परिवारले हत्यारा पत्ता नलागुजेल शवको अन्त्येष्टि नगर्ने भने पनि स्थानिय प्रशाशन, जनप्रतिनिधिहरुको पहलमा घटनाको सत्यतथ्य छानविन गर्न जोडतोडले लाग्ने परिवार सग सहमति भएपछि तामाङ परिवारले २२ दिन पछि शवको अन्त्येष्टि गरेको थियो ।

शवको अन्त्येष्टि त भयो तर सो घटना भएको २ महिना वित्न नपाउदै पुनः स्थानिय व्यापारी रीना वस्नेतको सोही प्रकृतिले मृत्यु हुन पुग्यो । यसरी सो क्षेत्रमा भएका श्रृखलावद्ध मृत्युका घटनालाई लिएर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाल भन्छन् – पथरीमा घटेका विषयमा प्रहरीतदारुक्ताका साथ अनुसन्धान गर्दै अपराधीलाई कसरी कानुनी कटघरामा ल्याउने भन्नेमा दत्तचित्त भएर लागेको भन्दै सबैको विश्वास र सहकार्य हुन जरुरी रहेको रिजालले बताए । उनले भने “पथरीमा ३ ओटा घटना घटेको त्यसमा जनताले तत्कालै रिजल्ट खोज्नु भएको छ तर त्यसले गर्दा अनुसन्धानमा अपराधी उम्कन र प्रमाण लोप हुन सक्ने भएकाले केहि समय लाग्ने” बताए ।

डिआई जि रिजालले अबको २ महिना भित्र पथरीमा डि एस पि सहितको शान्त्री सुरक्षा हुने भन्दै कोसी देखि मेची सम्मको महेन्द्र राजमार्ग सि सि क्यामरा जडान गरि निग्रानी बढाउने रिजालले बताए । स्थानिय प्रहरी प्रशाशन सग आक्रोषित वनेको दुवै समुहले रीना र षडराज मृत्यु प्रकरणको वास्तविकता पत्ता लगाउन दवाव दिदै सडक सर्घषका कार्यक्रम समेत गरे । संर्घषको कार्यक्रमले उग्र रुप लिदा स्थानिय र व्यापारी गरि ५ जना घाईते भए भने नेपाल प्रहरीका ३ जना घाईते भएका थिए ।

प्रशाशन विरुद्ध चर्को नारावाजी गर्दै रीनको न्यायको मागका लागि उत्रेको समुहलाई नियन्त्रण गर्ने क्रममा कयौँ सेल म्याद गुज्रीएका अश्रुग्यास समेत प्रहरीले प्रयोग गरेको थियो । प्रहरीले प्रयोग गरेको ग्यास भने ९ वर्ष आगाडी नै एक्सपायर भएको भेटिएको छ । रीना मृत्यु प्रकरणलाई अनगर्ल प्रचार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङले केही संचारकर्मी र सामाजीक सञ्जाल प्रयोगकर्ता हरुलाई समेत सोधिखोजी गर्न पुग्यो । तर घटनाको वास्तविकता के हो ? आत्महत्या या हत्या सोको प्रहरीले अझै टुङगो लगाउन सकेको छैन ।

घटनाको प्रकृति र पोष्टमार्टम रिर्पोटका आधारमा भने मोरङ प्रहरी प्रवता घनश्याम श्रेष्ठ यस्तो वताउछन्–“पोष्टमार्टम रिर्पोटले रीनाको करङ भाँचिएको, टाउकोमा भित्रि चोट देखिएको, छातिको भित्र रगत जमेको र मादक पदार्थ सेवन गरेको पोष्टमार्टम रिर्पोटले देखाएको छ ।” सोही घातक चोटका कारण उनको मृत्यु भएको हुन सक्ने श्रेष्ठले वताएका छन् । यद्मपी उनको मृत्युको भरपर्दो प्रमाण भने भेटि नसकेको प्रहरीको भनाई रहेको छ ।

सोही घटनालाई लिएर अहीले सम्म प्रहरीेले ३ जनाको पोलिग्राफ जाँच, ३७ जनाको लिखित बयान र ५० जनाभन्दा बढीसँग सोधपुछ गरिसकेको जनाएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…