नेपालको लाइसेन्स र भारतको आधार कार्ड भेटिएपछि पक्राउ

माेरङ /  नेपालमा बनेको सवारी चालक अनुमति पत्र र भारतमा बनेको आधार कार्ड भेटिएपछि दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् ।

मंगलबार राति विराटनगर महानगरपालिका–३ खार्जीबाट चेकजाँचका क्रममा प्रहरीले विराटनगर–९ मा बस्दै आएका ३६ वर्षीय विमलेस साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार साह को २६ प ३१६७ नम्बरको मोटरसाइकलमा सवार थिए । सवारी साधन र त्यसका कागजपत्र चेकजाँच गर्ने क्रममा उनीसँग ०२–५०४१९९ नम्बरको सवारी चालक अनुमति पत्र र २४१६५७५०१५०५ नम्बरको भारतीय आधार कार्ड फेला परेको श्रेष्ठले बताए । सवारी चालक र भारतीय आधार कार्ड दुवैमा नाम भने एउटै छ ।

सवारी चालक अनुमति पत्र र भारतीय आधार कार्ड फेला परेपछि दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा साहलाई पक्राउ गरेर आज मुद्दा चलाउन म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार साह विरुद्ध दोहोरो नागरिकता किर्ते गरेको कसुरमा नागरिकता ऐन २०६३ बमोजिम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…