नेकपा उर्लाबारीले बिभागलाई सक्रिय बनाउने

विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी प्रचार विभागको आज बसेको बैठकले सचिवालय गठन गर्दै विभागलाई सक्रिय बनाउने निर्णय गरेको छ ।

उर्लाबारी – ५ स्थित नगर पार्टी कार्यालयमा मंगलबार दिउँसो बसेको बैठकले विभागको गतिविधिलाई सक्रिय बनाउन सचिवालय गठन गरेको हो । विभागको सचिवालयमा संयोजक निरोज तिम्सिनासहित सुमन घिमिरे, लक्ष्मी ढुंगाना, सरोज बस्नेत, सूर्य चौहान, कुमार सुवेदी, सिता पोख्रेल, वेदनिधि पौडेल, बेलरुपा खजुम र दिलिप पोखरेल चयन भएका छन् । यस्तै वडा नम्बर २ र ४ बाट थप दुई जना चयन हुने संयोजक तिम्सिनाले जानकारी दिए ।

बैठकले नेकपा उर्लाबारी प्रचार विभाग नामको सामाजिक संजाललाई व्यवस्थित ढंगले संचालन गर्न ३ जनालाई जिम्मेवारी दिएको छ भने चाँडै नै वेभसाईट संचालन गर्ने पनि निर्णय गरेको छ । वेभसाईट मार्फत पार्टी नगर कमिटिका सम्पुर्ण गतिविधिलाई संगठित सदस्य र शूभेच्छुकमार्फत पुर्याउन सहज हुने भएकाले यस्तो तयारी गरिएको संयोजक तिम्सिनाले बताए । यस्तै पार्टी एकतापछि अहिलेसम्म उर्लाबारीमा संगठित सदस्य भेला नभएकाले नगर कमिटि सचिवालयसँग छलफल गर्दै त्यस्तो भेला आयोजना गर्न आग्रह गर्ने प्रचार विभागले निर्णय गरेको छ ।

Loading…

तपाईको प्रतिक्रिया