निरन्तरको वर्षापछि इटहरी समेत जलमग्न

इटहरी । अविरल वर्षाका कारण सुनसरीको इटहरीका केही क्षेत्र जलमग्न बन्न पुगेको छ । पानीको निकास नभएको कारण हरेक वर्षायाममा इटहरी डुवानमा पर्ने गरेको छ । गएराती देखिको अविरल वर्षाका कारण इटहरीको वडा नम्वर ८ विराटनगर लाइन जलमग्न बन्न पुगेको हो । वर्षाका कारण टेगं्रा खोलामा आएको बाढी मानव बस्तीमा पसेर जलमग्न बन्नुका साथै केही समय कोशी राजमार्ग अबरुद्ध समेत बन्न पुगेको थियो ।

टेग्रां खोला नियन्त्रण गरि पानी बनाउन राखिएको सानो आकारका होमपाइपबाट पानीको निकास हुन नसक्दा पानी राजमार्ग भएर बगेको स्थानीय गुणराज जर्मरकट्टेल बताउछन । स्थानीय जनप्रतिनिधिहरु आउनु भन्दा धेरै पहिले देखि यो क्षेत्रको अवस्था यस्तै रहेको उनले जानकारी गराए । अवस्थीत रुपमा बसेको बस्तीका कारण हरेक वर्ष वर्षायाममा इटहरी डुवानमा पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…