नगरपालिकाले सुरु ग¥यो कपडा वितरण

मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरका अति विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण कार्य अघि बढाएको छ । १० वटा वडा रहेको नगरमा प्रत्येक वडाबाट अति विपन्न अवस्थाका ३०/३० परिवारका लागि न्यानो कपडा वितरण कार्यक्रम अघि बढाएको नगर प्रमुख दिलिपकुमार राईले बताए । जसअन्तर्गत, वडा नम्वर १ र ४ मा १ थान ओछ्याउने म्याट्रेस र १ थान ब्लाङकेट प्रदान गरिएको छ । शुक्रबार वडा नम्वर ४ मा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला लगायतले सामग्री वितरण गरे ।

Purbeli TV

तपाईको प्रतिक्रिया