धरान पुगेका प्रदेश १का मुख्यमन्त्री शेरधन राईले नामाकरण र स्थायी राजधानी गरे यस्ताे खुलासा

धरान / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको मनोविज्ञानलाई आधार बनाएर यस प्रदेशको नामाकरण र स्थायी राजधानीको टुङगो लगाउने बताउनुभएको छ । शनिबार धरान–१७ स्थित साकेला पार्कमा किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा ‘प्राकास स्तरीय साकेला सिली प्रदर्शनी–२०७५ को समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले जनताको माग र चाहानालाई ध्यानमा राखेर यी दुबै विषयको टुङगो लगाउन चाहेको बताउनुभयो ।

यसको लागि सरकार प्रमुखको हैसियतले आफुले सहजकर्ताको भुमिकामा रहेर औपचारिक तथा अनौपचारिक रुपमा छलफल शुरु गरिसकेको बताउदै उहाँले सहमतीबाट स्थायी राजधानी र नामाकरणको टुङगो लगाउन आफु हरबखत प्रयासरत रहेको बताउनुभयो । यी विषयहरुमा हामी झमेलामा फसेर समय खर्च गनेर्ए अवस्था नरहेको बताउदै प्रदेशको विकास र समृद्धिको एजेण्डामा सम्पूर्ण समय खर्चिनुपर्ने बेला रहेको बताउनुभयो ।

यसको लागि विकास र समृद्धिको खाका कोर्ने काम अहिले भइरहेको समेत बताउदै उहाँले प्रदेशको सिर उचो राख्दै यस प्रदेशलाई नमुना प्रदेश बनाउने बताउनुभयो । कार्यक्रममा किराया केन्द्रीय अध्यक्ष तिलक राई, सभामुख प्रदिप कुमार भण्डारी, उपप्रमुख राधिकारी पोख्रेल, किराया जिल्ला अध्यक्ष कमला राईलगायतको सहभागीता रहेको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरानमा मोटरसाइकल चोर पक्राउ

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

तपाईको प्रतिक्रिया

Loading…