धरानमा ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ

इटहरी / धरानमा ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका थिए । छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले बताए ।पक्राउ परेका उनीमाथि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रमुख न्यौपानेले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…