धरानमा दशै तिहार मेला : मेलाले विकृति विसंगति बढाउने कांग्रेसको धारणा

धरान / धरानमा चारबर्ष पछाडि दशै तिहार उत्सव लगाउने तयारी भइरहदा उत्सवको विषयमा लिएर अहिले धरानमा खैलाबैला उत्पन्न भएका छ । विगतमा समेत उत्सवका समयमा जुवाजन्य सामाग्री, मादक पदार्थ तथा खेल तमासा नखेलाउने खाली उपभोक्तालाई उपभोग्य वस्तु सहज रुपमा उपलब्ध गराउने भन्दै खोलिएका यस्ता उत्सवमा जुवाजन्य र मादक पदार्थका स्टलहरु पाइएपछि धरानको शान्ति सुरक्षामा यसले खलल पु¥याएको भन्दै नेपाली काँग्रेस एवम अन्य संघ संस्थाले विरोध जनाउदै आएका थिए ।

२०७३ भाद्र २९ गते नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरानमा मेला उत्सव लगाउन नहुने र यसको आफूहरु सबै विरोध गर्ने भन्दै निर्णय नै गरेको थियो । यति हुदा हुदै पनि चार बर्ष पछाडि धरानको एक ठाउमा मात्र हैन दुई दुई ठाउमा दशै मेला लाग्ने स्वीकृति धरान पमहानगरपालिकाले आयोजकलाई दिइसकेको छ ।

धरान ६ पानबारी र धरान १२ चतरालाइनमा कार्तिक १ गतेदेखि दशै मेला लाग्ने पक्कापक्की भएको छ । विगत २० बर्ष अगाडि सामाजिक कार्यलाई अगाडि बढाउने उद्देश्यले युवाहरुले खोलेको छिमेकी युवा समूहले धरान १२ को पब्लिक माविको खेल मैदानमा लाग्ने मेला आयोजना गर्दैछ । विगतमा सामाजिक कार्य संगै एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको यस संस्थाले एम्बुलेन्स विग्रदै गएपछि उपमहानगरपालिकाको मापदण्ड अनुरुप अर्को नया एम्बुलेन्स खरिद गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको छिमेकी युवा समूहका अध्यक्ष राजेन्द्र राई बताउनुहुन्छ ।

तर नेपाली कांग्रेसले भने यो उत्सव मेलाको विरोध जनाउदै आएको छ । काँग्रेसले विगतमा भएका मेला उत्सवमा करोडौ रुपैयाको चलखेल बढेको, धरानमा शान्ति सुरक्षामा चुनौति बढेको, मेला आयोजना गरेर करोडौ रुपैया कमाउने धन्दामा नगरपालिका समेत फसेको जस्ता आरोप काँग्रेसले लगाएको छ । प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको पछिल्लो समय उपमहा नगरपालिकाले वहुमतको दम्भ पालेर प्रतिपक्षीको सल्लाह सुझावलाई लत्याएर जथाभावि कर बढाएको, खानेपानी अयोजनामा चरम भ्रष्टाचार गरेको तथा अहिले मेला तथा उत्सव लगाउने निर्णय गरेका नेपाली काँग्रेस धरान उपमानगर समितिका सचिव श्याम पोख्रेले बताउनुभयो ।

तर धरान उपमहानगरपालिकाले भने विगतको मेला उत्सव भन्दा फरक ढंगले सञ्चालन गर्न लागेको बताएको छ । मेला उपभोक्ताको सहजताका लागि सञ्चालन गरेको तर कानुनी रुपमा बर्जित मानिएका जुवाजन्य, मादकपदार्थ राख्न नपाउने गरी स्विकृति दिएको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले बताउनुभयो ।

उहाले मेलालाई सभ्य र भव्य बनाउन धरान उपमहानगरपालिका वडा नं. १५का वडा अध्यक्ष नरेश इवारामको सयोजकत्वमा धरान १२ का वडा अध्यक्ष टंक राई धरान १० का श्रीप्रसाद सुब्बा, धरान १७ का सूर्यकमार भट्टराई र धरान १ का रोशन अधिकारी सदस्य रहेको अनुगमन समिति निर्माण भएकोले यो समितिले मेला अवधिभरी प्रतिदिन अनुगमन गर्ने भएकोले पनि मेला सौहार्दपूर्ण तथा शान्तिपूर्ण ढगल हुने आश्वासन समेत दिनुभएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया