धरानमा झुण्डिएकाे अवस्थामा भेटियाे युवाकाे शव, डायरीमा लेखिएकाे थियाे यस्ताे ।


धरान / धरानमा झुण्डिएकाे अवस्थामा एक युवाकाे शव फेला परेकाे छ । २२ बर्षीय बिकल भटराईकाे शुक्रबार विहान करिब ११ बजेतिर आफ्नै घरकाे कोठामा झुण्डिएकाे अवस्थामा शव फेला परेकाे हाे । अनुसन्धानका क्रममा प्रहरीले उनकाे घरबाट डायरी फेला परेको छ । डायरीमा आत्महत्या गर्दैछु भन्ने नलेखे पनि बैंकलाई तिर्नुपर्ने र अरूलाइ दिनुपर्ने हिसाब पनि लेखेका छन् । मृतक भटराईले डायरीमा नेपाल बैंकको ३० गते भित्र बुझाउनुपर्ने लेखेका छन् भने असार २५ गते भित्र बुझाउनुपर्ने पनि अर्को लाइनमा लेखेका छन् । रकम तिर्न गाह्रो भएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

उनले डायरीमा यो पनि लेखेका छन्, ‘I tried so hard & got so far in the end it dosen’t even matter.’

५ लाख रुपैयाजति तिर्नुपर्ने देखिएको डायरी भेटिएको छ । साथै, सोसाइट नोट नै नभएपनि निराश भएर उनले यस्ताे कदम चालेकाे हुनसक्ने डिएसपी ढुण्डीराज न्यौपानेले बताए । डायरीमा विभिन्न व्यक्तिको नाम र रकम खुलाएका छन् । यो उनले दिनुपर्ने हो कि उनलाई दिनुपर्ने हो भन्ने स्पष्ट छैन । यस्तै, बाहेक दोकानमा ‘सेभ भएको’ भनेर पनि विभिन्न व्यक्तिको नाम र रकम खुलाएकाे छन् । ‘ऋणको हिसाब र होटलको विभिन्न रक्सीको दामहरु भएको डायरी छ, भर्खरका युवा भएकोले चाडै निराश पो भएको हो कि भन्ने छ, अनुसन्धान गछौं,’उनले भने ।

थप अनुसन्धानको लागि प्रहरीले डायरी लगेको छ भने शव पोष्टमार्टम गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

तपाईको प्रतिक्रिया

Loading…