धरानमा अवैध लागूऔषध सहित दुइ जाना पक्राउ

धरान / कारमा लुकाई लागू औषध ल्याउदै गरेको अवस्थामा दुई जनालाई धरान प्रहरीले लागू औषधसहित नियन्त्रणमा लिएको छ । आइतबार राति १० बजेको समयमा को २ च १०२१ नं को कारको डिकीमा लुकाएर लागू औषध लुकाई ल्याउदै गरेको अवस्थामा कारका चालक धरान १५ का ३९ बर्षीय रविन श्रेष्ठ र सोही कारमा सवार धरान २ का ५६ बर्षीय बनबरिलाल शर्मालाई प्रहरीले नियन्त्रण लिएको हो ।

राति धरान ८ तीनकुने चेकपोष्टमा चेकिङ्ग गर्ने क्रममा डाइलेक्सी डिस नामक लागू औषध २८ बोतल फेला परेको इलाका प्रहर कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । प्रक्राउ परेका दुवैजनलाई लागू औषध कारोबार अन्तर्गत मुद्धा चलाइने डिएसपी न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया

Loading…