धरानकी युवतीद्धारा हङकङमा आत्महत्या

धरान / हङकङमा धरानकी एक युवतीले अपार्टमेन्टको छतबाट हाम्फालेर आत्महत्या गरेकी छिन् । शनिबार धरान १९ भिक्टोरीयन चौक कि २७ वर्षीय बृषीकाराइले हङकङ स्थित वान चाइ रोड स्थित ७ तलाको एक निजि आवाशिय भवनबाट फालेर आत्महत्या गरेकी हुन् ।

राईले आत्महत्या गर्न लागेको देखेर स्थानियले प्रहरीलाई खवर गरेसंगै प्रहरी र उद्दारकर्मी घटना स्थलमा पुगेपछि उद्दारकर्मीहरुको अनुरोध पश्चात तिनि सुरक्षित स्थानमा फर्किन राजी भएपनि अचानक भवनबाट तल खसेकी उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घटना पछि राईको उपचारका क्रममा रोतोन्जी अस्पताल मृत्यु भएको जानकारी प्रप्त भएको छ ।

दुई दाजु र एक दिदि रहेकी राईका एक दाजु र आमा युके बस्दै आएका र आमा संग केहिसमयदेखी बोलचाल नभएको जानकरी प्रप्त भएको बताउदै धरानका १९ का वडाध्क्ष पूर्ण बहादुर लिम्बुले मृतक धरान १९ कै रहेको बताएका छन् । उनले दिदि कल्पना राई सिङ्गापुरमा भएकोले शव बुझ्न दिदि गएको जानकरी पाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…