धरानकाे सिरक फ्याक्ट्रीमा भिषण आगलागी, बाटो सागुरो हुँदा दमकल पुग्न सकेन

धरान / सोमबार ३ बजे धरान उपमहानगरपालिका वडा नं. १५ मा रहेको हरि वान्तवाको दाजुभाई सिरक फ्याक्ट्रीमा लाइन सर्ट भएर आगो लागी भएको छ ।

आगलागीका कारण फ्याक्ट्रीमा भएका सिरस र रिसक बनाउने छाप्रा समेत गरेर १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । आगलागीका समयमा फ्याक्ट्रीसम्म पुग्ने बाटो सागुरो हुदा दमकलाई नियन्त्रण गर्न कठिन भएको थियो भने तीनवटा दमकलमध्ये १ नं दमकलको क्राउन भाचिएर बगरकोट सडकमा मर्मत गर्नु परेको थियो ।

घरी घरी दमकल विग्रने गरेका कारण समयमै आगो नियन्त्रणमा कठिनाइ हुने गरेको दमकलका कमान्डर इन्द्रबहादुर सुब्बाले बताउनुभयो । यस सम्बन्धमा धरान उपमहानगरपालिकाले गम्भीरतापूर्वक नलिएको उहाको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading…