धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

धरान / आठ बर्षदेखि धरान उपमहानगरपालिकाको बारुणयन्त्र विग्रिने गरे पनि उपमहानगरपालिकाले यस तर्फ खासै ध्यान दिन सकेको छैन । सोमबार पनि धरान उपमहानगरपालिका वडा नं. १५ मा रहेको हरि वान्तवाको दाजुभाई सिरक फ्याक्ट्रीमा लाइन सर्ट भएर आगो लागी भयो । आगलागीका कारण फ्याक्ट्रीमा भएका सिरस र रिसक बनाउने मेसिन र छाप्रा समेत गरेर १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीका समयमा फ्याक्ट्रीसमम पुग्ने बाटो सागुरो हुदा दमकलाई नियन्त्रण गर्न कठिन भएको थियो भने तीनवटा दमकलमध्ये १ नं दमकलको क्राउन भाचिएर बगरकोट सडकमा मर्मत गर्नु परेको थियो । धरान उपमहानगरपालिकाभित्र जहा आगो लाग्दा पनि उपमहानगरपालिकामा भएको तीनवटै दमकल समयमै नपुग्ने गरेको स्वयम् बारुण यन्त्रका कर्मचारीहरु बताउछन् । १ नं बारुणयन्त्र ०५९ सालमा धरान उपमहानगरपालिकाले ल्याएको, २ नंं २०५१ सालमा र ३ नम्बर दमकल ६६ सालमा खरिद गरेको भएपनि विगत ८ बर्षदेखि यी तीन वटै दमकलले समस्या दिने गरेको बारुणयन्त्रका कमाण्डर इन्द्रबहादुर सुब्बाले बताउनुभयो ।

उहाले कही आगलागी भइहाले विग्रिएर समयमै नपुग्ने, पुगिहाले पनि आगो नियन्त्रण गर्न कठिनाइ हुने र नियन्त्रण गरेर थन्क्याउने बेला उपमहानगरपालिकासम्म नपुग्ने गरेको बताउनुभयो ।उहाले पटक पटक धरान उपमहानगरपालिकालाई जानकारी गराउदा समेत वेवास्ता गरेको तर आश्वासन भने दिन नछाडेको बताउनुभयो ।धरान उपमहानगरपालिकाको १ नम्बर र २ नम्बर दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमता रहेको छ भने ३ नम्बर दमकलको क्षमता २ हजारको मात्र छ । ३ नम्बर् १० बर्ष अगाडि जापानको सहयोगमा आएकोे सो दमकल केही सद्धे भए पनि पानी कम अट्न् भएकाले पानी अभावका कारण समयमै आगलागी नियन्त्रणमा समस्या हुने गरेको कमाण्डर सुब्बा बताउनुहुन्छ ।धरान उपहानगरपालिकामा एकातिर दमकल दुरुस्त नभएका कारण र अर्कोतर्फ जथाभावि अनाश्यक रुपमा बसेका बस्तीका कारण आगोलागी हुदा समस्या हुने गरेको छ । यसतर्फ धरान उपमहानगरपालिका सचेत हुन जरुरी छ ।

Subscribe PURBELI TV

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

तपाईको प्रतिक्रिया

Loading…

Loading…