धनुषामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

धनुषा / धनुषामा गए राती जंगली हात्तीको अक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गणेशमानचारनाथ नगरपालिका वडा नं. ५ की ५० वर्षीया मन कुमारी भुजेलकाे मृत्यू भएको हाे । घरमा सुतिरहेका बेला आईतबार विहान ३ बजेको समयमा जंगलीहात्तीले आक्रमण गरी गर्दा मृत्यू भएकाे स्थानियहरूले बताएका छन् । हात्तीले सोही गाँउका ४ वटा घर समेत तोडफोड गरेको छ ।

हात्तीको आक्रमणबाट साेही गाँउका सुन्तली विक, कृति बहादुर आलेमगर, पुलबहादुर आलेमगर र हरि उपाध्याको घर समेत तोडफोड गरेको ईलाका प्रहरी कार्यालय प्रोताहाले जनाएको छ । मृतकको शब पोस्टमाडमको लागी जनकपुर अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…