धनुषामा यात्रुबहाक बस दुर्घटना : १५ जना घाइते, ४ गंभिर (तस्विरहरू सहित)

जनकपुरधाम / पुर्व- पश्चिम राजमार्गअन्तर्गत धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा बस पल्टिँदा १५ जना घाइते भएका छन् । जनकपुरबाट राजविराजका लागि छुटेको बस पल्टिँदा उनीहरू घाइते भएका हुन् ।

धनुषाको प्रहरी उपरीक्षक शेखर खनालले दिएको जानकारी अनुसार मंगलबार जनकपुरबाट राजविराजको लागि छुटेकाे ना ४ ख ७८९९ नम्बरको बस पल्टिँदा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था गंभिर रहेको छ। घाइते भएका सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको खनालले बताए ।

तपाईको प्रतिक्रिया

Loading…