दुर्घटनामा परी दाँहिने खुट्टा गुमाएका शर्मालाई रु एक लाख सहयोग प्रदान

उर्लाबारी / वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाँहिने खुट्टा गुमाएका मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का ३९ वर्षीय वीरबहादुर शेर्मालाई आज रु एक लाख ५०० सहयोग प्रदान गरिएको छ ।उहाँलाई देश तथा विदेशमा रहनुभएका नेपालीद्वारा सङ्कलन गरिएको उक्त रकम प्रदान गरिएको हो । रूपेश शेर्माको अगुवाइमा मलेशियामा सङ्कलित रु ५० हजार, टिकेन्द्र शेर्माको अगुवाइमा कोरियामा सङ्कलित रु ३६ हजार र नरेन शेर्माको अगुवाइमा नेपालमा सङ्कलित रु १४ हजार ५०० उहाँलाई प्रदान गरिएको छ ।

सङ्कलित रकम झापा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले घाइते वीरबहादुरलाई उहाँकै घरमा पुगेर हस्तान्तरण गर्नुभएको थियो । साउदी अरबको रियादस्थित कृषि फारममा कार्यरत रहँदा २०७४ साउन २२ गते दुर्घटना हुँदा चोट लागेपछि त्यहाँका चिकित्सकले शल्यक्रिया गर्नेक्रममा दायाँ खुट्टा काट्नुपरको थियो ।

तपाईको प्रतिक्रिया