दिवङ्गत छोरीको स्मृतिमा विद्यालयमा अक्षयकोष

म्याग्दी / रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माविमा एक महिलाले दिवङ्गत छोरीको स्मृतिमा रु तीन लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ ।अष्टे«लियाको सिड्नीमा २०७४ भदौ १ गते दिवङ्गत भएकी सङ्गीता राम्जालीको वार्षिक पुण्य तिथि पारेर उहाँकी आमा धनकुमारी थापाले गरीब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

कोषको ब्याजबाट १–५, ६–८, ९ र १० मा सबैभन्दा बढी अङ्क ल्याउने अन्य र दलित समुदायका एक÷एक जना तथा विद्यालयमा सबैभन्दा बढी अङ्क ल्याउने थप एक जनालाई वार्षिक रु दुई हजारका दरले पुरस्कृत गरिने प्रअ पृथबहादुर थापाले जानकारी दिनुभयो ।यसैगरी विपन्न समुदायका छ जनालाई वार्षिक रु एक हजारका दरले सहयोग गरिने भएको छ ।

 

तपाईको प्रतिक्रिया

Loading…