दिदीसँग नुहाउन गएकी बालिकालाई खोलाले बगायो

विराटनगर / आफ्नी दिदीसँग नुहाउन गएकी बालिकालाई मोरङको कटहरी गाउँपालिका–७ मा जुडी खोलाले बगाएको छ ।
खोलाले बगाएर प्रधुम्न सरदारकी ६ वर्षीया छोरी दीक्षाकुमारीलाई शनिबार दिउँसो बेपत्ता बनाएको थियो । उनी दिदीसँग नुहाउन भनेर खोलामा पुगेकी थिइन् । पौडी खेल्ने क्रममा खोलाले बगाएर वेपत्ता बनाएपछि नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाले खोजी थालेका थिए ।

घटनास्थलभन्दा लगभग तीन किलोमिटर तल आइतबार बिहान उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । बाँस झ्याङमा अल्झिएको अवस्थामा बालिकालाई मृत फेला पारिएको जानकारी उनले दिए ।

तपाईको प्रतिक्रिया

Loading…