दाङमा कुलोमा डुबेर बालकको मृत्यु

दाङ / कुलोमा डुबेर दाङमा एक जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ अगरा बस्ने हर्कबहादुर खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्री रहेका छन् ।

घर नजीकैको कुलोमा गएराति ९ बजे डुबेका बालकको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । उनको शव सोही अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…