दशै नजिकिदै जादा धरानमा कालो बजारी बढ्यो

धरान / चाडपर्व नजिकिदै जादा अहिले धरानमा कालोबजारी बढेको छ । कृतिम अभावका कारण सर्वसाधारण महंगीको मारमा पर्न बाध्य छन् । चाडपर्वको पूर्व सन्ध्यामा अनुगमनलाई समेत तिब्रता दिने गरिएको छ । तर पनि चाडपर्वको समयमा अन्य समयमा भन्दा उपभोक्तालाई चर्को मूल्य लिएर सामान किन्नत बाध्य हुन्छन् ।
अरु बेला कानमा तेल हालेर बस्ने सम्बन्धित चाडवाडका समयमा अनुगमनको नाटक गर्ने गर्दछ । अनुगमनका समयमा कालो बाजारी गर्नेलाई रंगेहात पक्राउ गर पनि चेतावनी स्वरुप छाडिदिने गरेकाले पनि कालोबजारीले पश्रय पाएको उपभोक्ताहरुको बुझाई छ । तर यस बर्ष भने धरानमा अनुगमन नै भएन । जसका कारण उपभोग्य बस्तु, तरकारी, फलफुल लत्ता कपडाको मुल्य अन्य बेलाको भन्दा बढी छ । चाडबाडको मौका छोपी व्यापारीले आफुखुशी मुल्य बढाउंदा समेत सरकारले नियन्त्रण गर्न नसकेको उपभोक्ताहरुको आरोप छ ।

राजनैतिक अस्थिरताका कारण बेला बेलामा हुने सरकार परिवर्तनकाकारण बजारमामुल्य बृद्धिले सिमा नाघेको उपभोक्ताको गुनासो छ । व्यपारीहरुले संचालन गरेका पसलहरुमा मुल्य सुचि नराखी उपभोग्य बस्तुको कृतिम अभाव सिर्जना गरी मुल्य बृद्धि गर्दा समेत सरकारले यसको नियन्त्रण गर्न नसकेको उपभोक्ताहरूकाे गनासाे छ । उनीहहरुले अस्थिर राजनीतिका कारण सरकारको स्पष्ट नीति नभएकै कारण व्यापारी व्यवसायीहरुले खुलेआम कालोबजारी गर्ने गरेको सर्वसाधारणको भनाई छ त्यसो त मौसमी अनुगमन पनि कालो बजारीको मुख्य कारण भएको सर्वसाधारण बताउछन् । मौसमी अनुगमनका क्रममा काला बजारीमा पाइएका दोषी व्यापारीहरुलाई कुनै कारबाही नहुनुले पनि चाडवाडका समयमा बढी कालाबजारीले पश्रय पाउने गरेको उपभोक्ताको बुझाई छ । चाडवाडका समयमा व्यापारीहरुले असुल्ने गरेको चर्को मूल्य नियन्त्रणका लागि सम्बन्धित निकाय लाग्नुपर्नेमा सर्वसाधारणको माग छ ।

तपाईको प्रतिक्रिया