दक्षिण कोरियामा कर्यरत एक नेपालीको सुतेकै ठाँउमा मृत्यू

तेह्रथुम । दक्षिण कोरियामा कर्यरत एक नेपालीको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका वडा नं. ६ चुहानडाँडाका ३५ बर्षीय रोशन कन्दङ्वा लिम्बु रहेका छन् । उनी सुतेकै ठाउँमा मृत भेटिएको दक्षिण कोरियामै कार्यरत उनका दाई चिन्तित कन्दङ्वाले बताएका छन् । राेशन साे गाउँपालिका वडा अध्यक्ष तेजप्रसाद कन्दङ्वाका छोरा समेत रहेका छन् ।

उनी कोरियाकोे पहिलो कन्ट्रयाक पुरा गरेर ईपीएस मार्फत दोस्रो पटक त्यस कम्पनीमा गएका थिए । उनको परिवारमा बुवा, आमा र चार दिदी सहित श्रीमति रहेकी छिन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया